बजार

एकैदिन १३ हजार ३ सयले बढ्यो सुन

नेपाली सुनचाँदी बजारमा बिहीबार सुनको बढेको छ।

आज सुन एकैदिन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यससँगै, आज सुन प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६ सयमा कारोबार भएको थियो।

त्यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला २६५ रुपैयाँले बढेर ३ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: १९ कार्तिक २०८३ ११:२८ बिहीबार