बजार

सुनको मूल्य दुई हजार ५०० रुपैयाँ बढ्यो

स्थानीय बजारमा शुक्रबार (आज) सुनको मूल्य प्रतितोला दुई हजार ५०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला तीन लाख सात हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला तीन लाख चार हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेको छ। शुक्रबार चाँदी प्रतितोला चार हजार ७६५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदी प्रतितोला चार हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: १९ भाद्र २०८३ १०:४८ शुक्रबार