बजार

सुन तोलामा पाँच हजार ३०० ले बढ्यो

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार (आज) सुन र चाँदी दुवैको मूल्यमा उच्च वृद्धि भएको हो।

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला पाँच हजार ३०० रुपैयाँले बढेर दुई लाख ९२ हजार रुपैयाँ पुगेको छ। यसअघि बिहीबार सुन प्रतितोला दुई लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बिहीबार प्रतितोला चार हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १९० रुपैयाँले बढेर चार हजार ८४० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रकाशित: २९ जेष्ठ २०८३ १०:४५ शुक्रबार