बजार

२८ सयले बढ्यो सुनको भाउ, चाँदी पनि महँगियो

नेपाली बजारमा आज सुनको मूल्यमा ठूलो उछाल आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला २ लाख ३९ हजार ५०० रुपैयाँ रहेको छापावाला सुन आज २ लाख ४२ हजार ३०० रुपैयाँ पुगेको छ। अर्थात् एकै दिनमा सुन तोलामा २ हजार ८०० रुपैयाँले महँगिएको हो।

यस्तै, चाँदीको भाउ पनि बढेको छ। हिजो प्रतितोला ३ हजार ९० रुपैयाँ रहेको चाँदी आज ३ हजार १५० रुपैयाँ कायम भएको छ। यसरी चाँदी तोलामा ६० रुपैयाँले महँगिएको महासंघले जानकारी दिएको छ। 

प्रकाशित: ३ मंसिर २०८२ १०:५८ बुधबार