शुक्रवार सुनको मूल्यमा २ हजार ७०० सय रुपैयाँले वृद्धि भएको छ। बिहीबार तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम रहेको सुनको मूल्य शुक्रवार तोलामा २ लाख ३९ हजार रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार केही दिन सुनको मूल्य घटे पनि शुक्रवार पुन वृद्धि भएको हो।
यस्तै बिहीबार तोलामा २ हजार ९८० रुपैयाँ कायम भएको चाँदी ८० रुपैयाँ बढेर शुक्रवार बढेर ३ हजार ६० रुपैयाँ कायम भएको छ।
प्रकाशित: १४ कार्तिक २०८२ ११:१९ शुक्रबार



