स्थानीय बजारमा बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ। तर चाँदीको मूल्य २० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला दुई लाख ७५ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार बढेर दुई लाख ७५ हजार ६ सय रुपैयाँ पुगेको हो।
त्यस्तै, मंगलबार प्रतितोला तीन हजार ६७५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार घटेर तीन हजार ६५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रकाशित: १८ कार्तिक २०८३ १०:४१ बुधबार