बजार

सय रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

आज पनि सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको हो।

जसअनुसार छापावाल सुन तोलामा १ लाख ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ भने बुधबार तोलामा १ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ। बुधबार तोलाको २३ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २३ सय ४० रुपैयाँ कायम गरिएको छ।

प्रकाशित: २९ श्रावण २०८२ ११:२० बिहीबार