बजार

आज घट्यो सुनको मूल्य

नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा आज सुनको भाउ घटेको हो।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख एक हजार ५०० रुपैयाँ कायम भएको छ। हिजो (आइतबार) सुन प्रतितोला तीन लाख एक हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ।

उता, आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला चार हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी चार हजार ६४५ रुपैयाँ रहेको थियो। यसअनुसार आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको देखिन्छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार ३२२ र चाँदीको मूल्य प्रतिऔँस ६३ अमेरिकी डलर कायम भएको छ।

प्रकाशित: २५ श्रावण २०८३ ११:०८ सोमबार