बजार

घट्यो सुनको मूल्य, बढ्यो चाँदी

आज (सोमबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्यमा हल्का वृद्धि भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार दुई सय रुपैयाँ कायम भएको छ, जुन हिजो (आइतबार)को तुलनामा तीन सय रुपैयाँ कम हो। हिजो सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार पाँच सय रुपैयाँ थियो।  

यसैगरी, चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ। आज चाँदी प्रतितोला दुई हजार तीन सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन हिजोको तुलनामा पाँच रुपैयाँ बढी हो। हिजो चाँदीको मूल्य प्रतितोला दुई हजार तीन सय ५० रुपैयाँ थियो।

प्रकाशित: ९ भाद्र २०८२ ११:१४ सोमबार