सोमबार (आज) नेपाली बजारमा सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई हजार चार सय रुपैयाँले घटेर तीन लाख छ हजार छ सय रुपैयाँ कायम भएको छ।
आइतबार सुन प्रतितोला तीन लाख नौ हजार रुपैयाँमा कारोबार भएको थियो।
यता, चाँदीको मूल्य भने स्थिर रहेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला चार हजार सात सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।
प्रकाशित: १५ भाद्र २०८३ १०:५१ सोमबार