बजार

आज सुनको मूल्य ६ हजार बढीले घट्यो, चाँदी पनि सस्तियो

नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ६ हजार ५०० रुपैयाँले घटेर दुई लाख ४१ हजार ४०० रुपैयाँ कायम भएको छ।

मंगलबार सुन प्रतितोला दुई लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले घटेको छ। मंगलबार तीन हजार १४५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार घटेर तीन हजार ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित: ९ मंसिर २०८३ १०:४७ बुधबार