बजार

सुनको भाउ झण्डै ८ हजारले घट्यो, चाँदीमा पनि भारी गिरावट

स्थानीय बजारमा आज सुनको मूल्यमा भारी गिरावट देखिएको छ। मंगलबार (आज) सुन दुई लाख ६२ हजार १०० रुपैयाँ तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन दुई लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो। यसरी आज सुन तोलामा सात हजार ९ सय रुपैयाँले घटेको हो।

त्यस्तै, चाँदीको भाउ पनि आज प्रतितोला ३०५ रुपैयाँ घटेर चार हजार ५९० रुपैयाँ कायम भएको छ। सोमबार चार हजार ८९५ चाँदी रुपैयाँ पुगेको थियो।

प्रकाशित: १५ पुस २०८२ १२:०२ मंगलबार