बजार

तोलामा सात सयले घट्यो सुन

गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदी तोलामा रु ५ ले बढेको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख १५ हजार १०० र प्रतितोला चाँदीको मोल रु दुई हजार ५७० कायम भएको छ। 

गत शुक्रबार एक तोला सुन रु दुई लाख १५ हजार ८०० मा किनबेच भएको थियोभने सोही परिमाणको चाँदी रु दुई हजार ५६५ मा खरिदबिक्री भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन तीन हजार छ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

प्रकाशित: २९ भाद्र २०८२ ११:२१ आइतबार