साताको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार छापावाल सुन प्रतितोला तीन लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार सुनको मूल्य प्रतितोला ९ हजार ५०० रुपैयाँ घटेको हो।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला चार हजार ७८० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी प्रतितोला चार हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो। यसरी आज चाँदीको मूल्य प्रतितोला १८५ रुपैयाँ घटेर कारोबार भइरहेको छ।
प्रकाशित: १४ भाद्र २०८३ १०:३६ आइतबार