तिहारअघि उच्च मूल्यमा रहेको सुनचाँदीको भाउ तिहारपछि खुलेको बजारमा उल्लेख्य रूपमा घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कार्तिक २३ गते प्रतितोला सुनको मूल्य दुई लाख ८४ हजार ३०० रुपैयाँ रहेको थियो। आज (शुक्रबार) सुनको मूल्य १२ हजार ६०० रुपैयाँले घटेर दुई लाख ७१ हजार ७०० रुपैयाँ कायम भएको छ।
त्यस्तै, कार्तिक २३ गते प्रतितोला तीन हजार ८५५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १५५ रुपैयाँले घटेर तीन हजार ७००रुपैयाँ कायम भएको छ।
प्रकाशित: २७ कार्तिक २०८३ १०:४१ शुक्रबार



