नेपाली सुनचाँदी बजारमा सोमबार सुन–चाँदी दुवैको मूल्य घटेको छ।
आज सुन प्रतितोला दुई हजार चार सय रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यससँगै आज सुन प्रतितोला तीन लाख एक हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला तीन लाख चार हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ३५ रूपैयाँले घटेर चार हजार ६ सय ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित: २२ भाद्र २०८३ ११:१८ सोमबार