बजार

१८ हजार ८०० ले घट्यो सुन

नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो। यो सँगै आज सुन तीन लाख रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै, चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँले घटेर पाँच हजार ५०० रुपैयाँ कायम भएको छ।

प्रकाशित: १८ माघ २०८२ ११:०० आइतबार