बजार

सुन चार हजार २०० ले घट्दा ६० रुपैयाँ बढ्यो चाँदी

नेपाली सुनचाँदी बजारमा शुक्रबार सुनको मूल्यमा भारी गिरावट आएको छ भने चाँदीको मूल्य भने बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ३५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो (बिहीबार) यो दुई लाख ३९ हजार २०० रुपैयाँ थियो। यसरी आज सुनको मूल्यमा चार हजार २०० रुपैयाँले कमी आएको हो।  

यता, चाँदीको मूल्य भने ६० रुपैयाँले बढेर प्रतितोला तीन हजार ८५ रुपैयाँ पुगेको छ। हिजो चाँदी तीन हजार २५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: २४ आश्विन २०८२ ११:१५ शुक्रबार