बजार

अन्तर्राष्ट्रिय बजारको प्रभावले निरन्तर ओरालो लाग्दै सुन, आज दुई हजार ९०० ले घट्यो

अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो तीन दिनदेखि सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ।

गत आइतबार एकै दिन प्रतितोला ११ हजार छ सयले घटेर दुई लाख ४१ हजार ९०० कायम भएको सुनको मूल्य सोमबार फेरि तोलामा दुई हजार घटेर दुई लाख ३९ हजार ९०० मा किनबेच भएको थियो। 

आज पनि प्रतितोला दुई हजार ९०० घटेपछि दुई लाख ३७ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। त्यसैगरी आज चाँदी प्रतितोला ६० ले घटेर दुई हजार ९२० मा किनबेच हुनेछ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

प्रकाशित: ११ कार्तिक २०८२ ११:३२ मंगलबार