बजार

बिहीबार सुनचाँदीको मूल्य स्थिर

नेपाली सुनचाँदी बजारमा बिहीबार सुन र चाँदी दुबैको मूल्य स्थिर रहेको छ।

आज सुन स्थिर रहि बुधबारबै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यससँगै, आज सुन प्रतितोला २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी बुधबार कै मूल्य प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: १५ आश्विन २०८३ ११:५७ बिहीबार