बजार

आज पनि बढ्यो सुनचाँदीको मूल्य

स्थानीय बजारमा साताको दोस्रो दिन आज (सोमबार) सुनको मूल्यमा वृद्धि भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख ५३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सुनको मूल्य दुई लाख ५२ हजार २०० रुपैयाँ तोकिएको थियो। यसरी सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले वृद्धि भई तीन हजार ५३५ रुपैयाँ पुगेको छ। यसअघि चाँदीको मूल्य तीन हजार ४९० रुपैयाँ थियो।

प्रकाशित: १५ मंसिर २०८२ १०:५९ सोमबार