बजार

आज पनि बढ्यो सुनचाँदीको मूल्य

स्थानीय बजारमा आज पनि सुनको मूल्य थप बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३०० रुपैयाँ बढेर तीन लाख नौ हजार ३०० रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै सर्वाधिक हो।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा १०५ रुपैयाँले बढेर तोलामा ६ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: १३ माघ २०८२ ११:३१ मंगलबार