बजार

आज सुन र चाँदीको मूल्य बढ्यो

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा पुन: वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार बिहीबारको तुलनामा शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको हो।

बिहीबार प्रतितोला तीन लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार तीन हजार ३०० रुपैयाँले बढेर तीन लाख १६ हजार ७०० रुपैयाँ पुगेको छ।

त्यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। बिहीबार प्रतितोला चार हजार ८५५ रुपैयाँ रहेको चाँदी शुक्रबार १३० रुपैयाँले बढेर चार हजार ९८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित: ५ भाद्र २०८३ १०:५२ शुक्रबार