मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख पाँच हजार ४ सय रुपैयाँ पुगेको छ। सोमबार सुन प्रतितोला तीन लाख एक हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। यसरी आज सुनको मूल्य तीन हजार ५ सय रुपैयाँले बढेको हो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला चार हजार ६ सय ९० रुपैयाँ रहेको चाँदी मंगलबार १०० रुपैयाँले बढेर प्रतितोला चार हजार ७ सय ९० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।
प्रकाशित: २३ भाद्र २०८३ १०:४६ मंगलबार