स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला रु एक हजार ५०० र चाँदीको मूल्य रु २५ ले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९४ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ४५० कायम भएको छ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९३ हजार ३०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ४२५ कायम भएको थियो।
प्रकाशित: १६ आश्विन २०८३ ११:२० शुक्रबार