बजार

सुनचाँदीको मूल्यमा बन्यो रेकर्ड

स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ। 

सोमबार (आज) सुन एकैदिन तोलामा पाँच हजार २०० रुपैयाँले बढेर प्रतितोला तीन लाख नौ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

महासंघका अनुसार चाँदी पनि तोलामा २८५ रुपैयाँले बढेर प्रतितोला छ हजार ७६५ रुपैयाँमा कारोबार हुँदैछ।

यसअघि आइतबार सुन तीन लाख तीन हजार आठ सय रुपैयाँ पुगेको थियो भने चाँदी छ हजार ४८० रुपैयाँ पुगेको थियो।

प्रकाशित: १२ माघ २०८२ ११:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App