बजार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली सुनचाँदी बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। आज सुन प्रतितोला एक हजार रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यससँगै आज सुन प्रतितोला दुई लाख ८५ हजार रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला  ५० रूपैयाँले बढेर चार हजार तीन सय ६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: १५ श्रावण २०८३ ११:२८ शुक्रबार