बजार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली सुनचाँदी बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ।

सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँ र चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला तीन लाख एक हजार नौ सय रुपैयाँ निर्धारण गरिएको छ।

सोमबार सुन प्रतितोला दुई लाख ९९ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। सोमबार प्रतितोला चार हजार नौ सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर चार हजार नौ सय २५ रुपैयाँ पुगेको छ।

प्रकाशित: २६ जेष्ठ २०८३ ११:११ मंगलबार