नेपाली सुनचाँदी बजारमा आइतबार सुन र चाँदी दुबैको मूल्य बढेको छ।
आज सुन प्रतितोला २ हजार १०० रुपैयाँ र चाँदी प्रतितोला २० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यससँगै, आइतबार सुन प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुन प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदी प्रतितोला ४ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ७७५ रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित: ४ आश्विन २०८३ ११:०५ आइतबार