बजार

घट्यो सुनचाँदीको मूल्य

स्थानीय बजारमा आज पनि सुनको मूल्यमा गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार (आज) सुनको मूल्य दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार सुन तोलामा दुई लाख ९५ हजार २०० रुपैयाँ कायम भएको थियो। 

यसरी आज सुनको मूल्य चार हजार २०० रुपैयाँ घटेको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी आज आज २७० रुपैयाँ घटेर चार हजार ७१० रुपैयाँमा किनबेच भइरहेको छ। बिहीबार चाँदी चार हजार ९८० कायम भएको थियो। 

प्रकाशित: २३ माघ २०८२ १०:४४ शुक्रबार