बजार

आज सुन र चाँदीको मूल्य घट्यो

नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले उपलब्ध गराएको तथ्यांकअनुसार आज सुनको मूल्यमा ५०० रुपैयाँले घटेको हो। सोमबार प्रतितोला तीन लाख २२ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार घटेर तीन लाख २२ हजार २०० रुपैयाँमा झरेको छ।

महासंघका अनुसार चाँदीको मूल्यमा पनि घटेको छ।

सोमबार प्रतितोला चार हजार ९६५ रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार ६५ रुपैयाँले घटेर चार हजार ९०० रुपैयाँ कायम भएको छ। 

प्रकाशित: ९ भाद्र २०८३ १०:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App