बजार

आज सुनको मूल्य घट्दा चाँदी *बढ्यो

नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा सामान्य गिरावट आएको हो।

मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ८०० रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार मंगलबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ।

त्यसैगरी, चाँदीको मूल्य भने मंगलबार ३० रुपैयाँ बढेर प्रतितोला चार हजार ३८० रुपैयाँ नै कायम भएको छ।

  • यसअघि नेपाल सुनचाँदी व्यवसायी महासंघको साइटमा आधारित भएर समाचार बनाउँदा तथ्य फरक पर्न गएकोमा सच्याइएको छ-सम्पादक।

प्रकाशित: १९ श्रावण २०८३ १०:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App