बजार

मंगलबार सुनचाँदीको मूल्य घट्यो

मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार ७ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला तीन लाख तीन हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार तीन लाख दुई हजार २०० रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको महासंघले जानकारी दिएको छ। सोमबार चार हजार ८०५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार चार हजार ७७५ रुपैयाँमा झरेको छ।

प्रकाशित: ६ आश्विन २०८३ १०:५१ मंगलबार