बजार

सुनचाँदीको मूल्य घट्यो

पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ।

आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ५९ हजार ६०० र चाँदीको मोल रु चार हजार ४१५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ६१ हजार र चाँदीको मोल रु चार हजार ४७० मा कारोबार भएको थियो।

प्रकाशित: १७ पुस २०८२ ११:०६ बिहीबार