बजार

सुनको मूल्यमा सामान्य वृद्धि

स्थानीय बजारमा बुधवार (आज) सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन दुई लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार यो मूल्य दुई लाख ४८ हजार ५ सय रुपैयाँ थियो।

यसैगरी, चाँदीको मूल्य पनि घटेर आज तीन हजार दुई सय ४० रुपैयाँ प्रतितोला पुगेको छ। मंगलबार चाँदी तीन हजार तीन सय २५ रुपैयाँ प्रतितोला कारोबार भएको थियो। 

यसरी आज सुन चार सय रुपैयाँले वृद्धि हुँदा चाँदी ८५ रुपैयाँले घटेको छ। 

प्रकाशित: २९ आश्विन २०८२ ११:५८ बुधबार