नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १४१ रुपैयाँ ७० पैसा र बिक्री दर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ।
यस्तै, युरोपियन युरो एकको खरिद दर १६४ रुपैयाँ ५३ पैसा र बिक्री दर १६५ रुपैयाँ २२ पैसा, युके पाउन्ड स्टर्लिंग एकको खरिद दर १८६ रुपैयाँ १३ पैसा र बिक्री दर १८६ रुपैयाँ ९२ पैसा, स्विस फ्र्याङ्क एकको खरिद दर १७८ रुपैयाँ ९१ पैसा र बिक्री दर १७९ रुपैयाँ ६७ पैसा कायम गरिएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ९२ रुपैयाँ २३ पैसा र बिक्री दर ९२ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०० रुपैयाँ ९४ पैसा र बिक्री दर १०१ रुपैयाँ ३७ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०८ रुपैयाँ ७९ पैसा र बिक्री दर १०९ रुपैयाँ २५ पैसा तोकिएको छ।
जापानी येन १० को खरिद दर नौ रुपैयाँ १६ पैसा र बिक्री दर नौ रुपैयाँ २० पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ ९६ पैसा र बिक्री दर २० रुपैयाँ ०४ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३७ रुपैयाँ ७९ पैसा र बिक्री दर ३७ रुपैयाँ ९५ पैसा, कतारी रियाल एकको खरिद दर ३८ रुपैयाँ ८८ पैसा र बिक्री दर ३९ रुपैयाँ ०४ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिद दर चार रुपैयाँ ३७ पैसा र बिक्री दर चार रुपैयाँ ३८ पैसा, युएई दिराम एकको खरिद दर ३८ रुपैयाँ ५८ पैसा र बिक्री दर ३८ रुपैयाँ ७४ पैसा, मलेसियन रिङ्गिट एकको खरिद दर ३४ रुपैयाँ २९ पैसा र बिक्री दर ३४ रुपैयाँ ४३ पैसा, साउथ कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ७१ पैसा र बिक्री दर नौ रुपैयाँ ७५ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १४ रुपैयाँ ९६ पैसा र बिक्री दर १५ रुपैयाँ ०३ पैसा र डेनिस क्रोनर एकको खरिद दर २२ रुपैयाँ ०३ पैसा र बिक्री दर २२ रुपैयाँ १२ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १८ रुपैयाँ २३ पैसा र बिक्री दर १८ रुपैयाँ ३१ पैसा, कुवेती दिनार एकको खरिद दर ४६१ रुपैयाँ ९५ पैसा र बिक्री दर ४६३ रुपैयाँ ९१ पैसा, बहराइन दिनार एकको खरिद दर ३७५ रुपैयाँ ८४ पैसा र बिक्री दर ३७७ रुपैयाँ ४३ पैसा, ओमानी रियाल एकको खरिद दर ३६८ रुपैयाँ ०५ पैसा र बिक्री दर ३६९ रुपैयाँ ६१ पैसा रहेको छ। भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकेको छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
प्रकाशित: ३० कार्तिक २०८२ ०६:११ आइतबार