बजार

काठमाडौंको कपनमा 'करेन्ट मार्ट' को दोस्रो आउटलेट खुल्यो, १०% छुट

नेपाली बजारमा लोकप्रिय 'करेन्ट नुडल्स' उत्पादक यशोदा फुड्सले आफ्नो रिटेल आउटलेट 'करेन्ट मार्ट' को काठमाडौं उपत्यकामा दोस्रो शाखा कपनमा सञ्चालनमा ल्याएको छ। उद्घाटन अवसरमा कम्पनीले सम्पूर्ण उत्पादनमा १०% विशेष छुटको व्यवस्था गरेको छ।

उद्घाटन कार्यक्रममा कम्पनीका ग्लोबल एक्जिक्युटिभ डाइरेक्टर जी.पी. शाह र निर्देशक प्रकाश पौडेलले संयुक्तरुपमा ब्यानर काटेर शाखा सुरु गरेका थिए। नयाँ शाखामा नुडल्स, स्न्याक्स, चिजबल्स, स्टिक्स, मसला तथा चिया लगायतका उत्पादनहरू उपलब्ध छन्।

सन् २०१७ मा स्थापना भएको यशोदा फुड्सले छोटो समयमै नेपाली बजारमा आफ्नो पहिचान बनाउँदै नेपालसहित २२ भन्दा बढी देशमा उत्पादन निर्यात गर्दै आएको छ।

प्रकाशित: २५ फाल्गुन २०८२ १९:१४ सोमबार