नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १४१ रुपैयाँ ४८ पैसा र बिक्री दर १४२ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ।
यस्तै, युरोपियन युरो एकको खरिद दर १६३ रुपैयाँ ८६ पैसा र बिक्री दर १६४ रुपैयाँ ५६ पैसा, यूके पाउन्ड स्टर्लिंग एकको खरिद दर १८५ रुपैयाँ ९५ पैसा र बिक्री दर १८६ रुपैयाँ ७४ पैसा, स्विस फ्र्यांक एकको खरिद दर १७७ रुपैयाँ ४७ पैसा र बिक्री दर १७८ रुपैयाँ २२ पैसा कायम गरिएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ९९ पैसा र बिक्री दर ९२ रुपैयाँ ३८ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०० रुपैयाँ ८३ पैसा र बिक्री दर १०१ रुपैयाँ २५ पैसा, सिंगापुर डलर एकको खरिद दर १०८ रुपैयाँ ६१ पैसा र बिक्री दर १०९ रुपैयाँ ०७ पैसा तोकिएको छ।
जापानी येन १० को खरिद दर नौ रुपैयाँ १० पैसा र बिक्री दर नौ रुपैयाँ १४ पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ ८९ पैसा र बिक्री दर १९ रुपैयाँ ९८ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३७ रुपैयाँ ७२ पैसा र बिक्री दर ३७ रुपैयाँ ८८ पैसा, कतारी रियाल एकको खरिद दर ३८ रुपैयाँ ८१ पैसा र बिक्री दर ३८ रुपैयाँ ९८ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिद दर चार रुपैयाँ ३६ पैसा र बिक्री दर चार रुपैयाँ ३८ पैसा, यूएई दिराम एकको खरिद दर ३८ रुपैयाँ ५२ पैसा र बिक्री दर ३८ रुपैयाँ ६८ पैसा, मलेसियन रिंगेट एकको खरिद दर ३३ रुपैयाँ ९८ पैसा र बिक्री दर ३४ रुपैयाँ १२ पैसा, साउथ कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ६६ पैसा र बिक्री दर नौ रुपैयाँ ७० पैसा, स्वेडिस क्रोनर एकको खरिद दर १४ रुपैयाँ ९० पैसा र बिक्री दर १४ रुपैयाँ ९६ पैसा र डेनिस क्रोनर एकको खरिद दर २१ रुपैयाँ ९४ पैसा र बिक्री दर २२ रुपैयाँ ०३ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १८ रुपैयाँ १७ पैसा र बिक्री दर १८ रुपैयाँ २५ पैसा, कुवेती दिनार एकको खरिद दर ४६० रुपैयाँ ७४ पैसा र बिक्री दर ४६२ रुपैयाँ ७० पैसा, बहराइन दिनार एकको खरिद दर ३७५ रुपैयाँ २६ पैसा र बिक्री दर ३७६ रुपैयाँ ८६ पैसा, ओमानी रियाल एकको खरिद दर ३६७ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६९ रुपैयाँ ०२ पैसा रहेको छ। भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकेको छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
प्रकाशित: ३ मंसिर २०८२ ०६:०१ बुधबार