नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङले यही बिहीबारदेखि टाटा कार्निभलको चौथो संस्करण सुरु गर्न लागेको छ। ४ भदौदेखि ७ भदौसम्म चल्ने यस क्याम्पमा पुराना गाडीसँग हालै नेपालमा लन्च गरिएका नयाँ पन्च ईभी र नयाँ टियागो ईभीसँग साट्न सकिने कम्पनीले जनाएको छ। पुरानो गाडीलाई डाउन पेमेन्टको रूपमा राखेर टाटा मोटर्सका नयाँ गाडीहरू लैजान सकिने कम्पनीले जनाएको छ।
योजनाअवधिभर टाटाका गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकलाई बेस्ट एक्सचेन्ज भ्यालुएसन, आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, एक वर्षको सवारी कर छुट, निःशुल्क एसेसोरिज र निःशुल्क होम चार्जिङ जडानजस्ता विशेष सहुलियतहरू प्रदान गरिएको छ।
‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसर पारेर नयाँ ‘पन्च ईभी’ र नयाँ ‘टियागो ईभी’ विशेष अफरसहित सार्वजनिक गरिएको थियो। नयाँ पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ भने नयाँ टियागो ईभीको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ रहेको छ।
अत्याधुनिक ‘एक्टि.ईभी’ प्लेटफर्ममा आधारित नयाँ पन्च ईभी ३२ kWh र ४० kWh क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छ, जसले नेपालको बाटोमा गरिएको परीक्षणअनुसार एकपटकको फुल चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिन्छ। यस मोडलमा १९५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स, BNCAP ५-स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५C DC फास्ट चार्जिङ, भ्वाइस-एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हरमन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेस समावेश गरिएको छ।
दैनिक आवतजावतलाई सहज बनाउन ल्याइएको नयाँ टियागो ईभीमा नयाँ लुक्स, आकर्षक रङ, ३६० डिग्री एचडी क्यामेरा प्रणाली, २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट र ६ वटा एयरब्यागजस्ता सुरक्षा सुविधाहरू छन्।
.jpeg)
प्रकाशित: ३ भाद्र २०८३ १२:४० बुधबार



