बजार

‘दशैं-तिहार, दश गुणा उपहार’ योजनाको दश लाख जित्ने पहिलो ग्राहक बने धनगढीका अभिषेक चौधरी

लक्ष्मी इन्टर कन्टिनेन्टल प्रा.लि., नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरकले दशैं–तिहार अफर “दशैं-तिहार, १० गुणा उपहार” अन्तर्गत पहिलो ग्राण्ड विजेता घोषणा गरेको छ।  

धनगढीका अभिषेक चौधरीले हुन्डाई क्रेटा खरिद गरी दशैं–तिहार अफर अन्तर्गतको स्क्र्याच कार्डमार्फत रु १० लाख जित्ने पहिलो भाग्यशाली ग्राहक बनेका हुन् ।  

यो अफर भदौ २ सुरु भएको हो, जसअन्तर्गत ग्राहकहरूले ८ लाख रुपैयाँसम्मको नगद छुट, १० लाख रुपैयाँसम्मको स्क्र्याच कार्ड पुरस्कार, २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस, साथै १ वर्षको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र सडक कर पाउने व्यवस्था गरिएको छ । प्रत्येक ह्युन्डाई गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा समेत उपलब्ध हुनेछ ।  

ह्युन्डाई नेपालले अभिषेक चौधरीलाई हार्दिक बधाई ज्ञापन गर्दै सम्पूर्ण ग्राहक वर्गलाई नजिकको ह्युन्डाई शोरुममा गएर “दशैंतिहार, १० गुणा उपहार” अफरको लाभ उठाउन हार्दिक आमन्त्रण गर्दछ।

प्रकाशित: ९ आश्विन २०८२ १७:५५ बिहीबार