बजार

ओमोदा र जेकोको मनसुन विशेष सेवा शिविर बुधबारदेखि

सर्भिसिङ, ब्रेक प्याड, टप वाश र स्पेयर पार्ट्समा आकर्षक छुट

नेपालमा ओमोदा र जेकोको अधिकृत वितरक SPG अटोमोबाइल्स प्रा.लि.ले आगामी असार २५ देखि २७ गतेसम्म "राष्ट्रिय मनसुन चेक-अप क्याम्प" सञ्चालन गर्ने भएको छ।  

देशभर १२ वटा आधिकारिक सर्भिस सेन्टरहरूमा एकैसाथ हुने यो विशेष सेवा अभियानले ओमोदा र जेकोको ग्राहकलाई सुरक्षित र आरामदायी यात्रा सुनिश्चित गर्न मद्दत पुर्‍याउनेछ।  

सर्भिसिङ र ब्रेक प्याड परिवर्तनमा १००% लेबर चार्ज छुट, टप वाशमा सतप्रतिशत छुट, सस्पेन्सन पार्ट्स परिवर्तनमा ५०% लेबर छुट, बडी शप जोबमा १०% छुट र स्पेयर पार्ट्समा १०% छुटसहित शिविर हुन लागेको हो ।

शिविर काठमाडौं उपत्यकाभित्र सितापाइला र भक्तपुर तथा उपत्यका बाहिर वीरगञ्ज, बुटवल, नेपालगञ्ज, चितवन, धनगढी, पोखरा, इटहरी, बिर्तामोड, दाङ र सुर्खेतमा आयोजना हुने कम्पनीले जनाएको छ । ग्राहकहरूलाई आफ्नो नजिकको आधिकारिक सेवा केन्द्रमा गई यो विशेष सेवाको लाभ लिन अनुरोध गरिएको छ।

SPG अटोमोबाइल्स ओमोदा र जेकोको गुणस्तरीय सेवा र सन्तोषजनक बिक्रीपछिको सेवा प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीले उल्लेख गरेको छ।

प्रकाशित: २४ असार २०८२ १९:१६ मंगलबार

#NagarikNews #Omoda and Jeiko #NepaliNews