कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य तोकिएको छ।
गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५५ रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ५० रुपैयाँ, आलु रातो प्रतिकिलो ४० रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ४० रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो ४० रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३८ रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो ४० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो २५ रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो १५ रुपैयाँ, काउली (स्थानीय) प्रतिकिलो ३२ रुपैयाँ, मूला रातो प्रतिकिलो ४० रुपैयाँ, मूला सेतो (लोकल) प्रतिकिलो २० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो १५ रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो २५ रुपैयाँ, तनेबोडी प्रतिकिलो ६५ रुपैयाँ तोकिएको छ।
यसैगरी, मटरकोसा प्रतिकिलो १३० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो २८ रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ३० रुपैयाँ, राजमा प्रतिकिलो १०० रुपैयाँ, भटमास कोसा प्रतिकिलो १२५ रुपैयाँ, तीतो करेला प्रतिकिलो ५० रुपैयाँ, लौका प्रतिकिलो ३५ रुपैयाँ, परबर (लोकल) प्रतिकिलो ६५ रुपैयाँ, परबर (तराई) प्रतिकिलो ६५ रुपैयाँ, चिचिण्डो प्रतिकिलो ३० रुपैयाँ, घिरौला प्रतिकिलो २५ रुपैयाँ, झिगुनी प्रतिकिलो ६५ रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ४५ रुपैयाँ, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ३० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो २५ रुपैयाँ, भिण्डी प्रतिकिलो २५ रुपैयाँ निर्धारण गरिएको छ।
यस्तै, सखरखण्ड प्रतिकिलो ७५ रुपैयाँ, पिँडालु प्रतिकिलो १२० रुपैयाँ, रायोसाग प्रतिकिलो ३५ रुपैयाँ, पालुङ्गो साग प्रतिकिलो ३५ रुपैयाँ, चमसुरको साग प्रतिकिलो ७० रुपैयाँ, तोरीको साग प्रतिकिलो ३० रुपैयाँ, मेथीको साग प्रतिकिलो ९० रुपैयाँ, प्याज हरियो प्रतिकिलो ५० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १५० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो २६० रुपैयाँ, कुरिलो प्रतिकिलो ४०० रुपैयाँ, निगुरो प्रतिकिलो ३० रुपैयाँ तोकिएको छ।
ब्रोकाउली प्रतिकिलो ५० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६५ रुपैयाँ, सजीवन प्रतिकिलो ११० रुपैयाँ, रातो बन्दा प्रतिकिलो ७० रुपैयाँ, जिरीको साग प्रतिकिलो ८० रुपैयाँ, ग्याठकोभी प्रतिकिलो ५० रुपैयाँ, सेलरी प्रतिकिलो १५० रुपैयाँ, पार्सले प्रतिकिलो ४०० रुपैयाँ, सौफको साग प्रतिकिलो १०० रुपैयाँ, पुदिना प्रतिकिलो ९५ रुपैयाँ, गान्टेमूला प्रतिकिलो ४० रुपैयाँ, इमली प्रतिकिलो १७० रुपैयाँ, तामा प्रतिकिलो १०० रुपैयाँ, तोफु प्रतिकिलो १४० रुपैयाँ, गुन्द्रुक प्रतिकिलो ३५० रुपैयाँ निर्धारण गरिएको छ।
समितिले स्याउ (झोले) प्रतिकिलो २५० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, केरा (दर्जन) १५० रुपैयाँ, कागती प्रतिकिलो २०० रुपैयाँ, अनार प्रतिकिलो ३५० रुपैयाँ, आँप (माल्द) प्रतिकिलो ७० रुपैयाँ, आँप (दशहरी) प्रतिकिलो ८५ रुपैयाँ, अङ्गुर (हरियो) प्रतिकिलो २५० रुपैयाँ, अङ्गुर (कालो) प्रतिकिलो ३५० रुपैयाँ, तरबुजा (हरियो) प्रतिकिलो ४० रुपैयाँ, मौसम प्रतिकिलो २०० रुपैयाँ, जुनार प्रतिकिलो २५० रुपैयाँ, भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ४५ रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ, रुखकटहर प्रतिकिलो ६५ रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २५० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ८० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो १०० रुपैयाँ, लिची (लोकल) प्रतिकिलो १३० रुपैयाँ, लिची (भारतीय) प्रतिकिलो २१० रुपैयाँ तोकिएको छ।
यसैगरी, अदुवा प्रतिकिलो १२० रुपैयाँ, खुर्सानी सुकेको प्रतिकिलो ४२० रुपैयाँ, खुर्सानी हरियो प्रतिकिलो ४५ रुपैयाँ, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ४५ रुपैयाँ, खुर्सानी हरियो (माछे) प्रतिकिलो ४० रुपैयाँ, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो ३०० रुपैयाँ, भेडेखुर्सानी प्रतिकिलो ८० रुपैयाँ, लसुन हरियो प्रतिकिलो ८० रुपैयाँ, हरियो धनियाँ प्रतिकिलो ४० रुपैयाँ, लसुन सुकेको चाइनिज प्रतिकिलो २८० रुपैयाँ, लसुन सुकेको नेपाली प्रतिकिलो १९० रुपैयाँ, छ्यापी सुकेको प्रतिकिलो २०० रुपैयाँ, छ्यापी हरियो प्रतिकिलो १२० रुपैयाँ, ताजा माछा (रहु) प्रतिकिलो ३२० रुपैयाँ, ताजा माछा (बचुवा) प्रतिकिलो ३२० रुपैयाँ, ताजा माछा (छडी) प्रतिकिलो २४० रुपैयाँ, राजा च्याउ प्रतिकिलो ३०० रुपैयाँ, सिताके च्याउ प्रतिकिलो ९०० रुपैयाँ तोकिएको छ।
प्रकाशित: १८ जेष्ठ २०८२ ०९:०५ आइतबार