बजार

पल्सर N125 लहानमा सांगीतिक कार्यक्रमसहित लन्च हुँदै

नेपालमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनी प्रा‍.लि.ले लहानमा पल्सर N125 को बहुप्रतीक्षित सार्वजनिक कार्यक्रम आयोजना गर्दैछ।

बजाज आफ्नो आकर्षक लन्च कार्यक्रमहरूका लागि परिचित छ, र यसपटक पनि त्यही शैलीलाई निरन्तरता दिँदै, नयाँ पल्सर N125 को लन्च संगीतमय साँझमार्फत गरिँदैछ।

जेठ ७ गते बुधबार साँझ ६:३० बजेदेखि चौधरी होटल, लहानमा हुनगईरहेको यस कार्यक्रममा प्रवेश नि:शुल्क हुनेछ। कार्यक्रममा चर्चित नेपाली कलाकारहरू सुगम पोखरेल र मानियाको लाइभ प्रस्तुति रहनेछ।  

कार्यक्रमको मुख्य आकर्षण नयाँ पल्सर N125 हो, जसमा १२४.५८सीसी एयर-कुल्ड, सिंगल सिलिन्ड र इञ्जिन छ, जसले ८.८२kw पावर र ११Nm टर्क उत्पादन गर्दछ। यो १२५सीसी सेग्मेन्टमा पावर र स्टाइलको उत्कृष्ट संयोजन हो।

हंसराज हुलास चन्द एण्ड कम्पनि प्रा.लि. का मार्केटिङ प्रमुख अमित राज चालिसेले भने, 'N125 लाई लहानमा ल्याउन पाउँदा उत्साहित हुनुका साथै ठूलो संख्यामा दर्शक र राइडरहरूको उपस्थिति अपेक्षा रहेको छ।'

प्रकाशित: ६ जेष्ठ २०८२ १८:५४ मंगलबार

#NagarikNews # Pulsar N125