बजार

आज पनि बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्यमा वृद्धि भएको छ। 

आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ। हिजो सुन प्रतितोला १ लाख ८४ हजार दुई सय रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज पनि चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

प्रकाशित: ५ जेष्ठ २०८२ ११:५७ सोमबार

#gold and silver #Price increase