बजार

तोलामा ३५ सयले घट्यो सुन

बुधबारको तुलनामा आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ। त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। आज तोलामा रु तीन हजार ५०० ले सुनको मूल्य घटेको छ। चाँदीमा पनि प्रतितोला रु ३५ ले गिरावट भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ८१ हजार ८०० कायम भएको छ। त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९२५ मा बेचबिखन भइरहेको छ।

बुधबार प्रतितोला सुन रु एक लाख ८५ हजार ३०० र त्यति नै परिमाणको चाँदी रु एक हजार ९६० मा खरिदबिक्री भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार १६० अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

प्रकाशित: १ जेष्ठ २०८२ ११:११ बिहीबार

#gold and silver #Nepali market