बजार

एकान्तकुनामा इभेन्ट भेन्यू ‘म्याजेष्टिक ग्र्यान्ड’ सञ्चालन

ललितपुरको एकान्तकुनामा ठूलो क्षेत्रफलमा फैलिएको विशाल इभेन्ट भेन्यू ‘म्याजेष्टिक ग्र्यान्ड’ सञ्चालनमा आएको छ । २० रोपनी क्षेत्रफलमा फैलिएको यस भेन्यूमा ‘म्याजेष्टिक ग्र्यान्ड’ र ‘म्याजेष्टिक क्राउन’ दुई वटा आकर्षक इभेन्ट हल रहेका छन् ।  

विवाह, ब्रतबन्ध, म्युजिकल कन्सर्ट, फेसन शो, प्रडक्ट लञ्ज, विश्वविद्यालयहरूको ग्र्याजुएसन कार्यक्रम तथा एकसाथ धेरै जना उपस्थित हुनुपर्ने गोष्ठी र सेमिनारलाई लक्षित गरेर म्याजेष्टिक ग्र्यान्ड तयार गरिएको छ ।  

यो भेन्यूमा कुनै पनि कार्यक्रम आयोजना गर्दा बाहिरबाट कुनै किसिमका सामग्री ल्याएर सेटअप गर्नुपर्दैन्। अन्तर्राष्ट्रिय स्तरका लेटेष्ट प्रविधिको साउन्ड सिस्टम, लाइट, विशाल स्क्रिन लगायत इभेन्टका लागि आवश्यक पर्ने हरेक सामग्री जडान गरिएका छन् ।  ‘इभेन्ट गर्नेहरूलाई उत्कृष्ट अनुभव हासिल गराउन हामीले भरमग्दुर प्रयास गरेका छौँ,’ सञ्चालक सुरज कार्की भन्छन्, ‘नामजस्तै भव्य बनाउन यसको निर्माण र सजवाटमा विशेष ध्यान दिइएको छ ।’  

डेस्टिनेसन वेडिङका लागि म्याजेष्टिक ग्र्यान्ड उत्कृष्ट भेन्यू रहेको सञ्चालक कार्की बताउँछन् । नयाँ पुस्ताको सोच र थिम अनुसार भेन्यू तयार गरिएकाले धेरैको रोजाई पर्ने विश्वास उनले व्यक्त गरे ।  

१४ हजार र १० हजार वर्ग स्क्वायर फिट इनडोर हल भएको यो ब्यांक्वेटको गार्डेन एरियाको क्षेत्रफल २५ हजार वर्ग स्क्वायर फिट रहेको हर्ष बाटिकाका सञ्चालक सुरज कार्कीले जानकारी दिए ।  

म्याजेष्टिक ग्र्यान्डको कन्सेप्ट, डिजाइन र निर्माण आरजी क्रियसन्स नेपालले गरेको हो । उत्कृष्ट इभेन्ट भेन्यू निर्माणका लागि कम्पनी खोज्ने क्रममा आरजी क्रियसन्स्सँग भेटघाट भएको र कम्पनीको कन्सेप्ट र डिजाइन अब्बल लागेर निर्माणको जिम्मा दिइएको सञ्चालक कार्कीले बताए ।  

यसमा प्रयोग गरिएका थिम निकै युनिक र अत्याधुनिक छन् । यसमा प्रयोग गरिएका विशाल स्क्रिन, लाइटिङ सिस्टम, फर्निचर, गार्डेन एरियामा गरिएको सजावटले यसको भव्यता जो कोहीले महशुस गर्न सक्छन् ।  

एकान्तकुना चोकबाट सातदोबाटो तिर लागेपछि केही मिटरको दुरीमा रिङ रोडको सर्भिस लेनमै जोडिएको यो भेन्यूमा पर्याप्त पार्किङको सुविधा रहेको छ । यहाँ तीन सय वटा चार पाङ्ग्रे सवारी साधन र पाँच सय वटा मोटरसाइकल सहज ढंगले पार्किङ गर्न सकिने पार्किङ स्थल रहेको छ ।  

आरजी क्रियसन्स्ले काठमाडौँ उपत्यका लागायत देशका विभिन्न शहरमा दर्जनौँ ब्यांक्वेट, इभेन्ट भेन्यू तथा हस्पिट्यालिटीसँग सम्बन्धित प्रोजेक्टहरू निर्माण गरिसकेको छ ।  

पाँचतारे होटलमा भन्दापनि अब्बल इन्टेरियर सामग्री प्रयोग गरेर निर्माण गरिएको म्याजेष्टिक ग्रा्याण्ड आरजी क्रियसन्स्का लागि समेत गर्व गर्न लायकको इभेन्ट भेन्यू बनेको अध्यक्ष राम गिरीले बताए ।  

‘हामी निर्माणका लागि सम्बन्धित पक्षसँग सम्झौता गरिसकेपछि निर्माण स्थलको लोकेसन, जग्गाको बनोट, निर्माण लागत आदि सबै अध्ययन गरेर सोही अनुसार स्ट्रक्चर र इन्टेरियरको प्लान गर्छौं, अध्यक्ष गिरीले भने, ‘आरजी क्रियसन्स्ले ब्यांक्वेटमा प्रयोग गरिने सामग्री ‘कस्टमाइज’ गरेर आफैँ विदेशबाट आयत गर्ने गरेको छ ।’  

करिब चार हजार जनासम्मको पार्टी आयोजना गर्न सकिने गरी म्याजेष्टिक ग्र्यान्ड तयार गरिएको दाबी छ ।  

प्रकाशित: २५ वैशाख २०८२ १३:४२ बिहीबार

#Magestic Grand