‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत, इ-सेवा मनि ट्रान्सफरले भाग्यशाली विजेता अञ्जुला घिमिरेलाई घर हस्तान्तरण गरेको छ।
कम्पनीका ब्रान्ड एम्बेस्डर तथा कम्पनी व्यवस्थापन समितिका सदस्यहरूको उपस्थितिमा इ-सेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले अन्जुलालाई घर हस्तान्तरण गरेका हुन्।
इ-सेवा मनि ट्रान्सफरले नोभेम्बर २८, २०२४ मा कान्तिपुर टेलिभिजन, इ-सेवा मनि ट्रान्सफर र इसेवाका आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारित डिजिटल गोलाप्रथाको माध्यमबाट ‘मेरो डिजिटल देश’ अभियानको विजेता घोषणा गरेको थियो।
जस अन्तर्गत, रोमानियामा विगत दुई वर्षदेखि पिज्जा बनाउने कम्पनीमा कार्यरत अन्जुला घिमिरे भाग्यशाली विजेता बन्न सफल भएकी हुन्।
इ-सेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले विजेता अन्जुला घिमिरे र उनको परिवारलाई सपनाको घर जितेको अवसरमा बधाई दिँदै, विश्वभर रहेका नेपालीहरूको उत्साहजनक सहभागिताप्रति प्रति आभार व्यक्त गरे।
साथै, उनले ‘मेरो डिजिटल देश’ अभियानको सफलतासँगै डिजिटल रेमिट्यान्स मार्फत सुरक्षित, सहज र पारदर्शी लेनदेनको महत्त्वलाई पुनः जोड दिँदै आफ्नो खुशी व्यक्त गरे।
इ-सेवा मनि ट्रान्सफरले वैधानिक रेमिट्यान्सलाई प्रोत्साहन गर्ने उदेश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो। डिजिटल रेमिट्यान्सलाई प्रवर्द्धन गर्दै आएको कम्पनीले उक्त अभियान अन्तर्गत, विश्वभर रहेका नेपालीहरूले नेपालमा इच्छाएको व्यक्तिको इसेवा वालेटमा पैसा पठाउँदा एक भाग्यशाली विजेतालाई बम्पर उपहार स्वरुप काठमाडौँमा साढे दुई तलाको घर प्रदान गर्ने घोषणा गरेको थियो।
१ असोज २०८० देखि ३० कार्तिक २०८१ सम्म रेमिट्यान्स् पठाउने व्यक्तिहरू यस अभियानमा सहभागी भएका थिए।
साथै,‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत सेवाग्राहीको घरसम्म पुगेर आकर्षक उपहारहरू समेत प्रदान गरिएको थियो।
बम्पर पुरस्कार विजेता अन्जुला घिमिरेले विजेता घोषित भएकोमा अत्यन्तै खुशी र कृतज्ञता व्यक्त गरिन्। उनले नयाँ घर जित्न पाउँदा आफू पूर्ण रूपमा आश्चर्यचकित महसुस गरेको बताउँदै, यो क्षण चमत्कार जस्तै लागेको उल्लेख गरिन्।
इ-सेवा मनि ट्रान्सफरले परम्परागत शैली र डिजिटल माध्यमबाट इसेवा वालेट, बैंक तथा वित्तीय संस्थाहरू र आफ्ना भुक्तानी केन्द्रहरू मार्फत पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त इ-सेवा मनि ट्रान्सफर, नेपालभर फिनटेकमा आधारित भुक्तानी सेवाहरू मार्फत रेमिट्यान्स भुक्तानी प्रणाली सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।
प्रकाशित: २४ वैशाख २०८२ १८:०४ बुधबार