बजार

बढ्यो सुनको मूल्य

स्थानीय बजारमा साताको पहिलो दिन (आइतबार) सुनको मूल्य बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार हुँदैछ। 

त्यस्तै चाँदी एक हजार ९९० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ। गत शुक्रबार सुन एक लाख ८९ हजार ६००रुपैयाँ कायम भएको थियो भने चाँदी प्रतितोला दुई हजार रुपैयाँ पुगेको थियो। 

प्रकाशित: १४ वैशाख २०८२ १०:४१ आइतबार