बजार

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो ‘यो नयाँ वर्ष, चुज योर फ्युचर हुन्डाई सँग’ योजना

हुन्डाई अटोमोबाइल्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नयाँ वर्षलाई ध्यानमा राखेर  ‘यो नयाँ वर्ष, चुज योर फ्युचर हुन्डाई सँग’ योजना ल्याएको छ ।

यो योजना बिहीबारदेखि नेपालभरि सुरु भएको छ । आफ्ना ग्राहकको यात्रा खास बनाउन हुन्डाईले नगद छुटको आकर्षक अफर ल्याएको छ ।  

यो योजना अन्तर्गत ग्राहकले हुन्डाई गाडी खरिदमा ६ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् ।  

हालै सार्वजनिक गरिएको चुज योर फ्युचर थिमसहित, क्रेटा ईभी र क्रेटा आईसीई (मेड इन नेपाल) लाई यो अफरले अझै उत्साहजनक बनाउने कम्पनीको भनाइ छ ।  

यो योजनामा ग्राहकले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बिमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्स्चेन्ज सुविधा पाउनेछन् ।  

लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकको आवश्यकता र रुचि ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको छ ।

सबै आईसीई हुन्डाई गाडीमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ र ईभी गाडीको हाई भोल्टेज ब्याट्रीमा ८ वर्ष र गाडीको अरू कम्पोनेन्टमा २ वर्ष वारेन्टी उपलब्ध हुनेछन् ।

यस योजनाबाट हुन्डाईको कुनै पनि ह्याचब्याक, कम्प्याक्ट एसयूभी, एसयूभी तथा ईभी गाडी खरिद गरी फाइदा लिन सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित: २२ चैत्र २०८१ १३:४० शुक्रबार

#Lakshmi Intercontinental