आइतबार विहान पार्कभित्रको धर्ती गोलघरमा मृत भेटिएका युवकको पहिचान खुलेको छ । उदयपुरको बेलका नगरपालिकास्थित निर्माणाधीन समावेशी पार्कमा मृत भेटिएका युवकको घर नुवाकोट रहेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार, उनी नुवाकोट दुप्चेश्वर गाउँपालिका ४ का २३ वर्षीय सौगात तामाङ हुन् । तामाङ काठमाडौँको एउटा गाडी ग्यारेजमा काम गर्ने गरेको प्रारम्भिक जानकारी आएको उनले बताए ।
झुण्डिएको अवस्थामा मृत भेटिएपछि युवक र घटनाबारे अनुसन्धान सुरु गरिएको डिएसपी दोङले बताए । मर्निङ वाकमा निस्केका स्थानीयले देखेपछि विहान ५ बजेतिर प्रहरीलाई खबर गरेका थिए ।
प्रकाशित: १५ भाद्र २०८२ १९:३२ आइतबार